“विद्यार्थीहरुको मनोबिज्ञानलाई बुझेर शिक्षण गराउदछौ”- बिजय सिङ थेबे,भाईस-प्रीन्सिपल हिबिस्कस इ.बोर्डिङ स्कुल
धरान-१५ श्याम चोक स्थित हिबिस्कस बोर्डिङ स्कुलको स्थापना बि.स. २०६३ सालमा भएको थियो।यस स्कुलमा प्ले ग्रुपदेखी कक्षा-१२ सम्म ३७५ जना भन्दा बढी बिद्यार्थीहरु अध्ययनरत छन।प्रस्तुत छ स्कुलका भाईस-प्रीन्सिपल बिजय सिङ थेबे सङ्ग गरिएको कुराकानिको सम्पादित अंश-
(१) तपाईं हिबिस्कस स्कुललाई कसरी चिनाउनु हुन्छ?
-२०६३ सालमा स्थापना भएको शान्त र मनोरम बाताबरणमा पठन-पाठन हुने स्कुल हो।यस स्कुलमा प्ले ग्रुपदेखी कक्षा-१२ सम्म ३७५ भन्दा बढी बिद्यार्थीहरु अध्ययनरत छन। साथै गत बर्षदेखी धरानमै प्लस टु मा कानुन बिषय पढाइ हुने एकमात्र स्कुल पनि हिबिस्कस नै हो।
(२) हिबिस्कस स्कुलका बिशेषताहरु के के छन?
-पहिले हामिले पढेर आएको र अहिलेको शिक्षा प्रणालीमा धेरै भिन्नता छ।पहिले पहिले हाम्रो देसका धेरै ठाउमा बिद्यार्थीलाई सजाय दिएर , डर देखाएर पढाउने गरिन्थ्यो। तर हामिले यस स्कुलमा बिद्यार्थीहरुको मनोबिज्ञानलाई बुझेर शिक्षण गराउदछौ।हामी अरु देसको शिक्षा प्रणाली कस्तो छ त्यो अध्ययन गर्छौ र हाम्रो देसको शिक्षा प्रणाली सङ्ग तुलना गर्छौ। भबिष्यमा हाम्रा बिद्यार्थीहरुलाई कसरी विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्ने दक्ष जन शक्ति बनाउन सकिन्छ भनेर त्यही अनुसारको शिक्षा दिन लागि परेका छौ।त्यस्तै हामिले गुणस्तरीय शिक्षा सङ्गै बिद्यार्थीको रुचि अनुसारको अतिरिक्त क्रीयाकलापलाई पनि उत्तिकै जोड दिएका छौ।
(३)अभिभावकहरुले आफ्ना छोराछोरीलाई हिबिस्कसमा नै किन पढाउने?
-पहिलो कुरा त बिद्यार्थीहरुको शारीरिक, मानसिक र बौद्धिक बिकासका लागि हामी नियमित रुपमा अतिरिक्त क्रीयाकलाप गराउदछौ।दोश्रो कुरा विद्यार्थीहरुको मनोबैज्ञानलाई बुझेर नियमित रुपमा पठन-पाठन गराउदछौ।त्यस्तै बिद्यार्थीहरुको बौद्धिक बिकास हुनका साथै भबिष्यमा लोकसेवा आयोग मार्फत सरकारी सेवामा लागुन भनेर धरान उप-महानगर स्तरिय हाजिरी जवाफ प्रतियोगिता गराउदछौ। यहि ०७९ सालमा धरान भरिका ३० वटा बिद्यालय सहभागी गराएर बृहत् रुपमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरियो।त्यस बाहेक बक्तृत्वकला, फुटबल, गायन, नृत्य जस्ता अतिरिक्त क्रीयाकलापलाई पनि बिधेष जोड दिएका छौ।अर्को कुरा आजकलका नानिहरुमा निरासा हुने क्रम बढ्दो छ, त्यसै कुरालाई मध्यनजर गरेर बिद्यार्थीहरुमा कसरी आफ्नो सुन्दर भबिष्य प्रती आशा जगाउन सकिन्छ भनेर पनि हामी काम गरि रहेका छौ। यिनै कारणले गर्दा अभिभावकहरुले ढुक्क भएर हिबिस्कस स्कुलमा आफ्ना छोराछोरीहरुलाई पढाउन ल्याउदा केही फरक पर्दैन।
(४) नया शैक्षिक शत्र पनि सुरु भयो, तयारी कस्तो छ?
-हामिसङ्ग सिमित सिटहरु छन।त्यसैले सर्बप्रथम हामी कुन कुन कक्षामा कति कति जना बिद्यार्थीहरु आवश्यक छ त्यसको सुचि तयार पार्छौ र सुचना जारी गर्छौ।यसरी हाम्रो चैत्र-२५ गतेबाट प्रबेस परीक्षा सुरु हुन्छ। २०८० बैशाख -७ गते बाट नया शैक्षिक शत्रको कक्षा सन्चालन गर्दछौ।
Source: Radical Light Nepal Pvt Ltd






