वर्ल्ड च्याम्पियनशिप बक्तृत्वकला छनोटमा हिविसकसकी जीविका याखा प्रथम

छाल खवर
धरान,२७ वैशाखः पढाईका अतिरिक्त विभिन्न कार्यक्रमलाई निरन्तरता दिदै आएको हिबिसकस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ ले सोमबार वर्ल्ड च्याम्पियनशिपका लागि छनोट चरणको वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
धरान सिटि अप्टिमिस्ट क्लबको आयोजना र हिबिस्कस स्कुलको सह–कार्यमा भएको प्रतियोगितामा कक्षा ६देखि १० सम्मका २० जना विद्यार्थीहरु सहभागी भएका थिए ।
प्रतियोगितामा कक्षा–६ मा अध्ययनरत छात्रा जीविका याखाले प्रथम स्थान हात पार्न सफल वनेकी थिइन ।
त्यस्तै प्रतियोगितामा कक्षा–१० मा अध्ययनरत आयुषा श्रेष्ठ र जनक साह दोश्रो र तेश्रो हुन सफल भए ।प्रतियोगितामा कक्षा–६ देखि १० सम्मका २० जना बिद्यार्थीहरु सहभागी थिए।
प्रतियोगिताको शीर्षक डिस्कभरिङ द अप्टिमिजम विदिन मि रहेको सो प्रतियोगितामा स्कुलका सिनियर अङ्ग्रेजी शिक्षक बल बहादुर बस्नेत र शिक्षक नयनराज राई प्रतियोगिताका निर्णायकहरु थिए।
कार्यक्रम संयोजक विजय सिं थेवेका अनुसार प्रथम हुने जीविका याक्खा आगामी बैशाख–२९ गते शुक्रबार काठमाण्डौमा हुने राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछिन् ।
सो प्रतियोगितामा उत्कृष्ट भएमा जीविकाले सम्युक्त राज्य अमेरिकामा हुने विश्व प्रतियोगितामा भाग लिन जाने अवसर पाउने संयोजक थेबेले जानकारी दिए।
प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुनेलाई धरान सिटि अप्टिमिस्ट क्लबका अध्यक्ष बिजय सिटौलाले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिताका सहभागीहरुलाई पनि प्रमाण–पत्र बितरण गरीएको थियो ।
कार्यक्रममा क्लबका उपाध्यक्ष देवानन्द झा, स्कुलका निर्देसक गङ्गाराम कुलुङ लगायतको उपस्थिति थियो।कार्यक्रम सन्चालन शिक्षिका चुन्साह लिम्बुले गरिन।
हिविसकस स्कुलले पढाईका साथ साथै अतिरिक्त क्रियाकलापहरुमा विशेष ध्यान दिदै कार्यक्रमहरु आयोजना गर्दे आएको छ ।

Source: chhalkhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *