धरानको हिविस्कस स्कुलमा रोबर्ट बनाउने तालिम

धरानः धरानः धरान–१५ स्थित हिविस्कस इङलिस बोर्डिङ स्कुलमा तीनदिने रोवटिक्स तालिम सम्पन्न भएको छ ।
भविष्यमा यसको महत्वबारे जानकारी दिन यस्तो तालिम आयोजना भएको सहायक प्रिन्सिपल विजयसिं थेबेले जानकारी दिए । आइओइ रोवोटिक्स क्लब पूर्वाञ्चल क्याम्पसका इन्जिनियरहरुसँगको सहकार्यमा यस्तो कार्यक्रम आयोजना भएको उनले जानकारी दिए ।
पहिलोदिन ओरेन्टेसन कार्यक्रम भएको थियो । जसमा रोविटिक्स कसरी बनाउने, के के काम गर्छ, रोवर्टको महत्व आदिबारे जानकारी दिइएको थियो भने दोस्रो दिन रोवटका सामग्रीबारे जानकारी, रोबोटिक्स बनाउन शुरु गरिएको थियो । यस्तै, तेस्रो दिन ब्ल्युथुत मोडलमा चल्ने रोवर्ट, सकर (फुटबल खेल्ने) रोवर्ट निर्माण, सेन्सर रोवर्ट निर्माण आदि गरिएको थियो ।
कार्यक्रममा २१ औं शताब्दीको महत्व, रोवर्ट र मानिसबीचको भिन्नता आदिबारे अन्तक्र्रिया पनि भएको थियो । विद्यार्थीले पढेका कुरालाई व्यवहारमै सिक्न पाउँदा खुशी व्यक्त गरेको विद्यालयका प्रबन्ध निर्देशक गंगाराम राईले जानकारी दिए । आविष्कारबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए ।
यस्तै, कक्षा–८, ९, १० र ११ का विद्यार्थीलाई जीवनउपयोगी सीप कार्यक्रम पनि आयोजना भएको छ । द ब्याटल अफ प्रिजेन्टेसन नाम दिइएको कार्यक्रममा विद्यार्थीले रिसर्च गरिसकेपछि पावर पोइन्टमा प्रस्तुति पनि दिएका थिए । उनीहरुले निर्णायक र अडियन्सको अगाडि आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रममा समूहगतरुपमै उनीहरुलाई विजेता घोषित गरिएको सहायक प्रिन्सिपल विजयसिं थेबेले जानकारी दिए ।

Source: Harmkoshiawaz

Leave a Reply

Your email address will not be published. Required fields are marked *