हिविसकस क्वीज मेनियामा आयोजक प्रथम

छाल खवर
धरान,१५ पुष ः हिविसकस इङलिस वोडिङ स्कुल धरान–१५ द्धारा आयोजित धरान नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि आयोजकले हात पारेको छ ।

शुक्रवार सम्पन्न फाइनलमा ६ वटा स्कुलहरु मध्येबाट अन्य स्कुलहरुलाई पछि पार्दै आयोजक हिविसकस उपाधि हात पार्न सफल वनेको हो ।

विजेत हिविसकस इङलिस वोडिङ स्कुलले नगद १२ हजार मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने प्रतियोगितामा दोस्रो स्थान नेपाल पुलिस स्कुलले हात पारेको छ पुलिस स्कुलले नगद १० हजार मेडल प्रमाण पत्र हात पार्न सफल वनेको छ ।

प्रतियोगितामा सुनाखरी एकेडेमी धरान–१२ ले तेस्रो स्थान ल्याउन सफल वनेको थियो । सुनाखरीले नगद ८ हजार मेडल प्रमाण पत्र हात पारेको छ ।

त्यसैगरी प्रतियोगितामा चन्द्र संस्कृत मा.वि. चौथो वनेको थियो । उसले नगद ६हजार मेडल र प्रमाण पत्र हात पारेको छ ।

त्यस्तै प्रतियोगितामा एम्स एकेडेमी धरान १२ ले पाचौं स्थानमा चित्त वुझाएको थियो । एम्सले नगद ४ हजार नगद, मेडल र प्रमाण पत्र प्राप्त गर्न सफल वनेको छ ।

प्रतियोगितामा ज्वालामुखि मा.वि. धरान–१७ छौटौ स्थान ल्याउन सफल वनेको छ । उसले नगद २ हजार र मेडल प्रमाण पत्र प्राप्त गरेको छ ।

धरानमा आयोजना हुने गरेको हाजिरी जवाफ प्रतियोगिता मध्ये सवैभन्दा वढी स्कुल सहभागीता रहेको आयोजकको दावी रहेको छ ।

प्रतियोगिताले लोक सेवाको तयारी गर्ने विद्यार्थीहरुका लागि थप सहज हुने स्कुलका प्रिन्सिपल गंगाराम राईको भनाई रहेको छ । प्रतियोगितालाई निरन्तरता दिदै जाने प्रिन्सिपल राईले बताएकाछन् ।

Source: chhalkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *