धरानको हिविस्कस स्कुलकी प्रतिभावान आयुषा

धरानको हिविस्कस स्कुलकी प्रतिभावान आयुषा

बोल्न खप्पिस, भन्छिन्- केपी ओलीको भाषणबाट प्रभावित भएपछि मैले पनि भाषण गर्न सिकेको छु (भिडियोसहित)

धरानः धरान–१५ स्थित हिविस्कर इङ्लीस बोर्डिङ स्कुलका अधिकांश विद्यार्थी प्रतिभावान छन् । तीमध्ये प्रतिभावान छात्रा हुन्– कक्षा–८ की आयुषा श्रेष्ठ । उनी पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल छिन् ।
पढाइमा कक्षाकी तेस्रो विद्यार्थी उनी अतिरिक्त क्रियाकलापअन्तर्गत वक्तृत्वकलामा खप्पिस छिन् । उनले बोलेरै धेरै पुरस्कार समेत जितिसकेकी छिन् । विशेषतः पूर्व केपी शर्मा ओलीको भाषण गर्ने शैली मन पराउँदै उनीबाटै प्रेरित बनेकी आयुषा सहजै भाषण गर्न सक्छिन् । ओलीको सोंचाई, कन्फिडेन्स लेवल आदि आफूलाई मन पर्नेे उनले बताइन् । ‘ओलीको भाषण प्रायः सुनिरहन्छु, उहाँको कन्फिडेन्स लेवल राम्रो लाग्छ, म पनि त्यस्तै बोल्न सक्ने भए हुन्थ्यो भन्ने लागिरहन्थ्यो’, उनले भनिन्, ‘त्यही भएर उहाँबाटै प्रभावित भएर मैले भाषण गर्न पनि सिकें ।’ अ
भविष्यमा सिइओ बन्ने लक्ष्य लिएकी उनी आफ्नै बुबाबाट प्रेरित भएर यस्तो लक्ष्य लिइएको बताइन् । बुबा श्रेष्ठ बैंकमा कार्यरत् रहेको र उहाँबाट आफूलाई सिइओ बन्ने प्रेरणा मिलेको बताइन् । उनको आमा प्रतिमा शाहीबाट आफूलाई पढाइलगायत अतिरिक्त क्रियाकलापमा सक्दो सपोर्ट मिल्ने गरेको हुनाले पनि आफू अघि बढ्दै गएको उनले बताइन् ।

निबन्ध, हेण्डराइटिङ, कविता, वक्तृत्वकलालगायत विभिन्न अतिरिक्त क्रियाकलापमा भाग लिँदै आएकी उनले अहिलेसम्म हारेकी छैनन् । उनले प्रतियोगितामा भाग लिएरै धेरै पुरस्कार जितिसकेको बताइन् ।
आमा प्रतिमाले विद्यालयकै कारणले नानीले प्रगति गर्न सकेको बताइन् । ‘मेरो नानी धेरै पछाडि थिइन् तर स्कुल आइसकेपछि उनले धेरै कुरा राम्रो गर्न थालिन्’, उनले भनिन्, ‘नानीले प्रगति गर्नुमा स्कुलको ठूलो हात छ ।’ स्कुल साथै अभिभावकले पनि नानीहरुलाई गाइड गरेर भविष्य राम्रो हुने उनले बताइन् । उनले सामाजिक सञ्जाल फेसबुक, टिकटकमा नानीहरुलाई धेरै फ्रिडम नछाडेर ठीक्क प्रयोगमा जोड दिनुपर्ने बताइन् । अहिलेका अभिभावक स्कुलमा नानी छोडेकै छौं, स्कुलले नै सबैथोक गर्नुपर्छ भन्दै आफूहरुचाहिँ फेसबुक, टिकटकमा रमाउने गरेको बताउँदै भनिन्, ‘छोराछोरीले पनि त्यस्तै सिक्छ र भविष्य डामाडोल हुनसक्छ, त्यसैले बेलैमा सोंचौं ।’
आयुषा पब्लिक स्पिकिङमा एकदमै राम्रो विद्यार्थी भएको स्कुलका कोअर्डिनेटर विजयसिंह थेबेले जानकारी दिए । उनले राष्ट्रियस्तरको प्रतियोगितामा पनि भाग लिएर पुरस्कार जितिसकेको कोअर्डिनेटर थेबे बताउँछन् । स्कुलका अङ्ग्रेजी शिक्षक नयनराज राई पढाइका साथै अतिरिक्त क्रियाकलापमा आयुषाले प्रगति गर्दै आएको बताए ।
स्कुलका सञ्चालक, प्रबन्ध निर्देशक गंगाराम राईले स्कुलमा धेरै विद्यार्थी प्रतिभावान रहेको बताए । उनले प्ले गु्रपदेखि कक्षा–११ (विज्ञान सङ्काय) सम्म अध्ययन अध्यापन हुँदै आएको स्कुलमा सबै खालका अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको पनि बताए ।

Source: https://hamrokoshiawaz.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *