डाक्टर महावीर पुन हिबिस्कस बोडिङ स्कुलमा

छाल खवर
धरान,५ फागुनः हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा महावीर पुनलाई सम्मान गरेको छ ।
स्कुलले डा पुनलाई सम्मान तथा उहाँद्वारा लिखित आत्मकथा पुस्तक सम्झना, सपना र अविरल यात्राू बिक्रि विरतण समेत गरेको थियो ।
सोमवार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि डा. पुनलाई स्वागत तथा पुस्तक खरीद गरेको थियो ।
हिविस्कस बाल क्लब तथा विभिन्न कक्षाका विद्यार्थीहरूद्वारा फूल बुके तथा खादाले स्वागत गरेका थिए ।
औपचारीक कार्यक्रममा कक्षा १० की छात्रा दिविका राईले स्वागत मन्तव्य गरेकी थिइन ।
उहाँको कृषि औजार कारखाना पुनस्थापनाको विशाल अभियानमा पुस्तक खरिद गरी सानो सहयोग गर्ने अवसर पाएकोमा हिबिस्कस परिवार खुशी लागेको स्कुलका प्रवन्ध निर्देशक गंगाराम राईले बताए ।

Source: Chhalkhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *