अन्तर कलेज हाजिरी जवाफमा हिविसकस वोडिङ स्कुल चौथो

छाल खवर
धरान,२५ मंसिर ः धरान–१५ स्थित हिविसकस इङलिस वोडिङ स्कुलले हिसान सुनसरीद्धारा आयोजित अन्तर कलेज स्तरीय हाजिरी जवाफ प्रतियोगिता विजेता विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

प्रतियोगितामा चौथो स्थान ल्याउन सफल विद्यार्थीहरुलाई स्कुलले सम्मान गरेको हो ।

प्रतियोगितामा हिविसकसका तर्फबाट साइन्स तर्फका सुजन श्रेष्ठ र निशान तामाङ र कानुन संकायकी प्रकृति भट्टराईले सहभागीता जनाएका थिए ।

धरान उच्चमा आयोजित प्रतियोगितामा सुनसरी जिल्ला भरीका १८ वटा कलेजहरु सहभागी रहेका थिए ।

विद्यार्थीहरुलाई प्रोत्साहन र हौसला प्रदान गर्नको लागि स्कुलले सम्मान कार्यक्रमको आयोजना गरीएको स्कुलका सहायक प्रिन्सिपल विजय सिं थेवेले वताएकाछन् ।

विजेता विद्यार्थीहरुले ट्रफि,मेडल र प्रमाण हात पारेका थिए ।

सहायक प्रिन्सिपल थेवेका अनुसार विजेता विद्यार्थीहरुले पुष १४ र १५ गते स्कुलले आयाोजना गर्न लागेको इन्टर कलेज हिविसकस क्विज मेनिया २०७९ मा सहभागीता जनाउने छन् ।

विद्यार्थीहरुमा सामान्य ज्ञानको जानकारीका साथै लोक सेवा आयोगको तयारीका लागि आधार तयार गर्न सहज होस भन्ने उदेश्यले अन्तर स्कुल नगरस्तरीय हाजिर जवाफको आयोजना गर्न लागेको छ ।

Source: chhalkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *