हामी भीडलाई हैन गुणस्तरमा ध्यान दिन्छौः सञ्चालक पवन झा

नीजि विद्यालयको क्षेत्रमा छोटो समयमा नै राम्रो नाम कमाउन सफल वनेको स्कुलको नाम हो हिविसकस इङलिस वोडिङ स्कुल । धरान–१५ स्थित यस स्कुलले पछिल्लो समय शैक्षिक क्षेत्रमा निकै राम्रो प्रभाव पार्न सफल वनेको छ । स्कुलका विविधि विषयमा स्कुलका शेयर सदस्य तथा सञ्चालक पवन झा संग धरानमा पहिलो पटक कक्षा ११ मा कानुन विषय सञ्चालनका विविध विषयमा छाल खवरले गरेको प्रस्तुत छ कुराकुानीः

यस वर्ष तपाईको स्कुलमा नयाँ कार्यक्रम के राख्नु भएको छ ?

यस वर्ष देखि हामीले धरानमा नै पहिलो पटक कक्षा ११मा कानुन विषय सञ्चालनमा ल्याएका छौं ।

कानुन विषय नै किन रोज्नु भयो ?

समाजको तल्लो तहदेखि हरेक कार्यालय र र सर्वोच्च अदालतसम्म कानूनी निकायमा यो विषयको वढदो माग रहेको छ । र सामान्य खर्चमा पनि विद्यार्थीहरुले यो विषय पढन सक्छन । छिट्टै सरकारी जागिरे हुन सक्छन भने जागिर नखानेले स्वरोजगार हुन सक्ने भएकोले हामीले स्कुलको सञ्चालकहरुको सल्लाह वमोजिम यो विषय सञ्चालन गर्ने निर्णय गरेका हौं ।यो विषय समाजलाई अध्ययन गर्ने र समाजलाई सही ढंगले केलाउने विषय हो । यसको समाजमा ठूलो जिम्मेवारी पनि छ । समाजलाई सही या गलत के हो भनेर छुट्याउने कसी हो ।

यो विषय कक्षा ११ र कक्षा १२ पढन कति खर्च लाग्छ ?

अन्य विषयको तुलनामा यो विषय एकदमै सस्तो र प्रभावकारी विषय हो । जसले परिणाम मुखी शिक्षा दिन्छ । यो विषय पढन करिव १ लाख भन्दा कम खर्चले पढन सकिन्छ ।

कति प्रतिशत अंक ल्याएका विद्यार्थीहरुले यो विषय पढन सक्छन् ?

यो विषय पढनका लागि क्भ्भ् मा १ दशमलव ६ न्एब् अंक ल्याउदा पढन सकिन्छ । विज्ञान र गणित विषयमा मन नदिने विद्यार्थीले पनि यो विषय पढन र पास गर्न सक्छन् ।

यस पटक कानूनमा कति विद्यार्थीहरु भर्ना गर्ने लक्ष्य राख्नु भएको छ ?

हामीले भीडलाई भन्दा पनि शैक्षिक गुणस्तरलाई विशेष महत्व दिने उदेश्य राखेका छौं । धेरै विद्यार्थीको भीड भेला पारेर परिणाम शुन्य वनाउनु भन्दा थोरै विद्यार्थी भर्ना लिने तर उत्कृट नतिजा दिने लक्ष्य लिएका छौं । त्यसैले यस पटक कानूनमा हामीले ३ सेशन गरेर ९० जना विद्यार्थी भर्ना लिने लक्ष्य राखेका छौं ।

यति मात्र किन ?

मैले माथि नै भनि सके हामी भीडलाई भन्दा गुणस्तरलाई ध्यान दिन्छौं । सवल र सक्षम र समाज र देशलाई आवस्यक पर्ने दक्षजनशक्ति उत्पादन गर्न सकौ भन्ने हाम्रो प्रमुख उदेश्य हो यो उदेश्यमा हामी एक इन्च पनि पछि हटदैनौं । हामी लक्ष्य र उदेश्य सहित अघि वढेका छौं ।

कानून विषयमा शिक्षकको व्यवस्थापन गर्न समस्या हुन्छ भन्छनी ?

हैन अहिले हरेक क्षेत्रमा कानूनको माग वढ्दो मात्रामा छ । यस क्षेत्रको दक्ष जनशक्ति प्रसस्त मात्रामा उत्पादन भइसकेको छ । अव शिक्षकको अभाव हुदैन । हामीले शिक्षकको व्यवस्थापन गरीसकेका छौं ।

यो विषय धरानमा पहिलो पटक हो भन्नुभयो पाठ्य सामाग्री कसरी उपलव्ध हुन्छ त ?

राष्ट्रिय परिक्षा वोर्डले नै कोर्ष तयार गरीसकेको छ । यो विषयका लागि कुनै समस्या छैन ।

तपाईहरुसंग पूर्वाधार छ ?

यसका लागि अन्य पूर्वाधार केही चाहीदैन केवल कक्षा कोठा भएपुग्छ त्यसमा वस्नका लागि चाहीने टेवल वेन्च सामान्य कुरा भइहाल्यो त्यो हामीसँग छ । अरु कुरा केही चाहीदैन ।

अभिभावकहरु र विद्यार्थीहरुलाई के भन्नु हुन्छ ?

म अभिभावक र विद्यार्थीहरुलाई कसैको लहै लहै र वहकाउमा लागेर हैन वास्तविक रुपमा मात्र विषय छनौट गरेर उच्च शिक्षा शुरु गरौं जहाबाट विद्यार्थीहरु कता जाने भन्ने वाटो तह हुन्छ । अभिभावक र विद्यार्थी दुवैजनालाई वुझेर मात्र उच्च शिक्षाका विषय रोज्न सुझाव दिन्छु । कतिपय विद्यार्थीहरुले लहै लहैमा लागेर विषय राख्नाले विचमै पढाई छोडेकाछन् । यसो हुनु भनेको समयमा जानकारी नराख्नु हो । यसो गर्दा विद्यार्थीहरुको भविष्य नै अन्धकार हुन्छ । त्यसैले समयमा नै ध्यान दिन सुझाव दिन चाहान्छु । यसतर्फ विद्यार्थी र अभिभावक दुवै सचेत हुनुपर्छ भन्न चाहान्छु ।

अन्य स्कुल र तपाईको स्कुलमा के फरक छ ?

अरुको भन्दा मेरोमा यो छ त्यो छ भनेर आफ्नो वढाई चढाई म गर्न चाहान्न । हाम्रो स्कुल सदैव विद्यार्थीहरुको भविष्यप्रति चिन्तित छ । हामी स्कुलका अतिरिक्त विद्यार्थीले आफूले सिक्न र वुझ्न चाहेका विषय अनलाईन मार्फत पनि जानकारी दिन्छौ । अरुले के गर्छन भन्ने कुरामा हामी अर्थ राख्दैनौ हाम्रो स्कुलका विद्यार्थीलाई कसरी सक्षम र दक्ष वनाउने भन्नेमा हामी सदैव चिन्ता छौं । दक्ष जनशक्ति उत्पादन हाम्रो प्रमुख लक्ष्य हो ।

अन्त्यमा केही भन्नु हुन्छ की ?

विद्यार्थीहरुका लागि यो कानून विषय सुनौलो अवसर हो यो अवसरलाई सदुपयोग गरी आफ्नो भविष्य सुरक्षित गर्नुहो भन्नु चाहान्छु । यसको अर्थ विषय लिदा भविष्य सुरक्षित हुदैन भन्ने चाही होइन तर यो विषयको माग चौतर्फी क्षेत्रमा भएकोले अभिभावकहरुलाई यो विषय आफ्ना छोरा छोरीलाई पढाउन र विद्यार्थीहरुलाई पढन आग्रह गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *