स्विट्जरल्याण्ड बाट आएका शिक्षक जेन डेभिस र हिबिस्कसका बिद्यार्थीबीच अनुभव साटासाट

धरान,२ पुष: धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलका बिद्यार्थीहरु र स्विट्जरल्याण्डबाट आएका शिक्षक जेन डेभिसबीच मङ्गलबार अध्ययन अध्यापन सम्बन्धि अनुभव साटासाट भएको छ।
४२ बर्ष शिक्षण गरि अवकास भएका डेभिसले स्विट्जरल्याण्डको शिक्षण पद्धति,संस्कार-सन्स्कृति, भुगोल, हावापानी, राजनीतिक, आर्थिक परिबेश आदीको बारेमा सुनाउदा बिद्यार्थीहरुले निक्कै चासो दिएर सुने। हिबिस्कसका विद्यार्थीहरुले पनि नेपालको सन्स्कार-सन्स्कृति, चाडपर्ब, भुगोल, हावापानी, राष्ट्रिय झण्डा आदीको बारेमा शिक्षक डेभिसलाई सुनाए।
नेपालको राष्ट्रिय झण्डा युनिक रहनुका साथै दुबै देसबीच धेरै कुरामा समानता रहेको शिक्षक डेभिसले बताए। आफ्नो देसको शिक्षा, सन्स्कार-सन्स्कृतिबारे शिक्षक डेभिसलाई बताउन पाउदा धेरै खुशि लागेको छात्रा फुङ्निमा लिम्बुले बताईन। हाम्रो देसको हिमाल, पहाड, तराई, मौलिक परम्परा बारे सुनाउदा शिक्षक डेभिसले निक्कै चाख दिएर सुनेको अर्का छात्रा निवाप्रेमि लिम्बुले बताईन।
बिद्यार्थीहरुले डेभिसलाई नेपालको राष्ट्रिय गान समेत गाएर सुनाए। नेपाली बिद्यार्थीहरु मिलनसार र देशलाई मनदेखि माया गर्ने आफुले पाएको शिक्षक डेभिसले बताए।
स्विट्जरल्याण्डको शिक्षण पद्धति बाट बिद्यार्थीहरुले केही नया कुराहरु सिकुन भनेर शिक्षक डेभिस सङ्ग अनुभव साटासाटको वातावरण मिलाएको स्कुलका निर्देशक गङ्गाराम कुलुङले बताए।

Radical Light Nepal Pvt. Ltd.

Leave a Reply

Your email address will not be published. Required fields are marked *