धरानको हिविस्कस स्कुलका विद्यार्थी अन्तर्राष्ट्रिय कार्यक्रमका लागि छनौट

धरानः धरान–१५ स्थित हिविस्कस इङलिस बोर्डिङ स्कुलका कक्षा–९ मा अध्ययरनत आर्यन शाह अन्तर्राष्ट्रिय ‘स्कुल डेभलपमेन्ट काउन्सिल’ बाट स्टुडेन्ट एम्बासडरमा छनौट भएका छन् ।
यस्तै, कक्षा–९ की आयुषा श्रेष्ठ पब्लिक रिलेशन अफिसरमा नेपालको प्रतिनिधित्वका लागि छनौटमा परेकी छिन् । यी दुईजना विद्यार्थीमध्ये आर्यन भाइस क्याप्टेन र आयुषा स्कुल क्याप्टेन समेत हुन् । उनीहरुले अन्तर्राष्ट्रिय कन्फ्रेन्स साथै ३० वटा राष्ट्रभन्दा बढीको प्रतिनिधित्व भएका विद्यार्थीसँग विभिन्न कार्यक्रम गर्ने अवसर पाउने विद्यालयका प्रबन्ध निर्देशक गंगाराम राईले जानकारी दिए ।
यस्तै, उनीहरुले स्कुलका विषय, स्कुल बाहिरका विभिन्न अतिरिक्त क्रियाकलाप साथै सामाजिक काममा भाग लिने उनले जानकारी दिए । यो कार्यक्रमले विश्वलाई योगदान हुने र विद्यार्थीको योगदानकारुपमा काम गरेर देखाउने प्लेटफर्म भएको उनले बताए ।
सहायक प्रिन्सिपल विजयसिं थेबेका अनुसार विद्यार्थीले प्लेटफर्म पाएको र विश्वस्तरको सो कार्यक्रममा भाग लिने नेपालका विद्यार्थीका लागि ‘गाइडेन्स’ गर्ने, कार्यक्रम कसरी लैजाने आदिबारे पनि यी दुई विद्यार्थीले भूमिका खेल्ने बताए । ग्लोबल एजुकेशन र प्लेटफर्म दिने उद्देश्यले यस्तो कार्यक्रम आएको उनले जानकारी दिए ।
एपीजे प्रेसिडेन्ट कोरिना सुजेदा र उनको प्रतिनिधिले विभिन्न राष्ट्रका विद्यार्थीको प्रतिनिधि चुनेको उनले जानकारी दिए । यी दुई विद्यार्थीले अन्तर्राष्ट्रिय कन्फ्रेन्समा सहभागी भएका थिए । सहभागी भएकामध्ये उनीहरु उत्कृष्ट प्रस्तुतिका आधारमा छनौटमा परेको र यस्तो काम गर्ने अवसर जुरेको उनले जानकारी दिए । सहायक प्रिन्सिपल थेवे नेपालको तर्फबाट शिक्षकका रुपमा सो कन्फ्रेन्समा सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *